काठमाडाैं ।। जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसम सफा हुने सम्भावना रहेको जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहे पनि कम्तीमा ३ दिनसम्म वर्षा र हिमपातको सम्भावना नदेखिएको पनि महाशाखाले जनाएको हो । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ को पहाडी भेगमा आंशिक बदली हुनेछ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति प्रदेश १ को पहाडी तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली हुनेछ भने बाँकी ठाउँमा मौसम सामान्यतया सामान्य रहनेछ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज चिसो अझै रहिरहने तथा तराईका भूभागमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु सबैलाई अनुरोध गरेको छ । यस्तै भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here