रौतहट ।। टेलीफोन मार्फत पत्रकारलाइ अपशव्द प्रयोग गर्ने र धम्क्याउनेलाइ कनूनी कार्यवाही गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखाले मांग गरेको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य किशोरी यादव र संजय साहनीलाइ गाली गर्ने रौतहट जिल्लाको ईशनाथ नगरपालिका वड़ा नंबर ९ बसने बबलू भन्ने मोहन मेहता माथि कनूनी कार्यवाही गर्न महासंघले मांग गरेको हो ।
मेहता ईशनाथ नगरपालिकाका नगर प्रमुख संतोष मेहताको भाई हुनुको साथै नेकपा ओली समूहका नगर कमिटीको अध्यक्ष समेत रहेका छन ।
लागू औषध गाजा ओसार पसारको अभियोगमा कार्यवाहीमा रहेका मेहताले समाचारको विषयमा फोन गरेर पत्रकार साहनी र यादवलाइ गाली गर्दै मारपीट गर्ने धमकी दिएको नेपाल पत्रकार महासंघका सचिव गौतम श्रेष्ठ द्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा लेखिएको छ ।
सुचना सम्प्रेषण गर्दै आम नेपाली जनतालाइ जागरूक बनाउने कार्य गर्दै आएका संचार माध्यम तथा संचारकर्मीलाइ पटक पटक धमकी दिने कार्य निंदनीय रहेकोले यस्ता कार्य गर्नेलाइ कनूनी दायरामा ल्याउन सम्वन्धित निकायलाइ ध्यानाकर्षण गराइएको छ । विज्ञप्ति मार्फत संचारकर्मीलाइ सुरक्षाको प्रत्याभूति दिलाउन समेत जोड़ दिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here