सर्लाही ।। सर्लाहीमा आज दिउँसो आयोजित कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई कालो झण्डा देखाइएको छ ।
प्रचण्ड–माधव नेपाल समूहका विद्यार्थी नेताहरुले सर्लाहीको मंगलवामा आयोजित सभामा जाने क्रममा मंगलबार दिउँसो नवलपुरमा कालो झण्डा देखाएका हुन् । पोखरेलसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहलाई कालो झण्डा देखाइएको अखिलकी नेतृ आरती लामाले बताइन् ।
‘संसद् विघटन गर्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई सबैतिर कालो झण्डा देखाउने कार्यक्रम छ’, लामाले भनिन् । यसअघि जाजरकोटमा खानेपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाइएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।