काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ५ हजार ३०० नमुना परीक्षण गर्दा १७७ महिला र २५३ पुरुष गरि थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३९० जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यसका साथै
कुल २ लाख ५९ हजार ३५८ जना संक्रमणमुक्त भएका छन् ।
आज कोरोना भाइरसका कारण गप ५ जनाको मृत्यु भएको छ । यसका साथै कुल १९३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ४ हजार ४०८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २२८० जनाको होम आइसोलेसनमा छन् भने १५७ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।