रौतहट ।। विगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण रौतहट लगायत तराईको जनजीवन प्रभावित बनेको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो । पश्चिमी वायुका कारण साम्य हुन लागेको जाडो पुनः दोहोरिएको छ । तराईका जिल्लामा अहिले दैनिकरुपमा बढेदै गएको जाडोका कारण जनजीवन निकै प्रभावित भएका छन् । चिसोवाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जीविका चलाउने वर्ग बढी प्रभावित हुने गरेको । निरन्तरको चिसो, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस, चौपाया पशु, पक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले रौतहटको सदरमुकाम गौर सअति जिल्लाको शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासी बाक्लो कुहिरोका कारण यातयातका साधन चढ्न छोडेका छन् ।चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा समेत वृद्धि भएको चिकित्सकहरु बताउँछन् । लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् । साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको छ ।
चिसोका कारण रौतहट लगायत तराईको जनजीवन प्रभावित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।