रौतहट ।। रौतहट जिल्ला अदालत गौरको मंगलवार काम काज ४ घण्टा प्रभावित भएको छ ।
जिल्ला अदालतमा कार्यरत नायव सुब्बा मदन सहनीले अदालतका उपसचिवको कोठाबाट सोधपुछ गर्नको लागि जिल्ला प्रहरी कार्यालयमा लगिएपछि अन्य कर्मचारीहरुले कलम बन्द गरेको कारण दैनिकी काम काज प्रभावित भएका थिए ।
स्रेस्तेदार सुशील कुमार यादवको कार्यकक्षमा हाजिरी गर्न गएका नायव सुब्बा सहनीलाइ प्रहरी उपरीक्षक सिद्धि विक्रम शाह आएर केहि कुरामा छलफल गर्नु पर्ने भएकोले जिल्ला प्रहरी कार्यालयमा लगिएको विरोधमा कर्मचारीहरुले अदालतमा प्रहरीको हस्तक्षेप भएको भन्दै आन्दोलित भएको कारण सेवाग्राही हरुको काम काज दिउसो २ बजे सम्म प्रभावित भएको थियो ।
सहनीलाइ केहि समय पछि प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले फिर्ता अदालतमा ल्याएका थिए । कर्मचारीहरुले प्रहरीको प्रक्रिया कानुन विपरित भएको जिकिर गर्दै प्रहरी माथि कार्यवाही गर्नु पर्ने माग गर्दै पेन डाउन गरेको छ ।
जिल्ला अदालतका श्रेस्तेदार यादवले के कारण प्रहरीले लागेको भने विषयमा पुर्व जानकारी नगराएको प्रतिक्रिया दिदै यथार्त बुझ्न प्रहरी सित कुरा भैरहेको बताएका छन् ।
कर्मचारीहरु काम काज बन्द गरे पछि जिल्ला प्रहरी कार्यालय पुगेका स्रेस्तेदार , शाखा अधिकृत सहितको टोलि छलफल गरेर फर्किए पछि साढे २ बजे देखि कामकाज सुचारु भएको थियो ।
अदालतका नायव सुब्बा सहनीले आफु माथि जवार्दस्तीकरनीको आरोप लागिएको प्रहरीले बताए पछि जानकारी भएको प्रतिक्रिया दिएका छन् । एक युवतीले सेतो गाडीमा सहनी सहितका केहि अन्य व्यक्तिले चपुर लागि जवरदस्ती करनी गरेको भनि किटानी उजुरी प्रहरीमा दिएकोले सोधपुछ गर्नको लागि प्रहरीले लगिएको बुझिएको छ ।
घटना स्थल समयमा आफु चपुरमा नगएको आफ्नो कार्यक्षेत्रमा नै रहेकोले झुठा आरोप लागेको नायव सुब्बा सहनीले दावी गरेका छन् । सहनीले भने म माथि लागिएको आरोपमा कुनै सत्यता नरहेको छ फसाउने र चरित्र हत्या गर्ने सड्यन्त्र रहेको ठोकुवा समत गरे ।
प्रहरी उपरीक्षक शाहले केहि जानकारी लिनु पर्ने भएकोले सहनीलाइ बोलाएको बताउनु भएको छ ।
रौतहट जिल्ला अदालत बार एशोसिएशनका पुर्व अध्यक्ष मोहमद मजरुल हकले अदालत भित्रबाट विना कुनै जानकारीको पक्राउ गर्ने प्रहरीको कार्य कानुन विपरित भएको टिप्पणी गरेका छन् । उहाले कर्मचारीलाई हिरासतमा लिनु भन्दा पुर्व अदालतको अनुमति लिनु पर्ने प्रावधानको प्रहरी उपरीक्षकले उलंघन गरेको आरोप लगाए ।
बार एशोसिएशनमा आवद्ध कानुन व्यवसायीहरुले प्रहरीको कार्य कानुन विपरित भएको ठहर गर्दै आलोचना समेत गरेका छन् । सहनी माथि आरोप लगाउने युवतीले आफ्नो वयानमा अडिग रहेको बुझिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here