काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओली आफूपक्षीय भेलालाई सम्वोधनका लागि आज धनगढी जाँदै हुनुहुन्छ । पार्टी विभाजनपछि नेकपाको ओली समूहले धनगढीमा आयोजना गर्ने सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । प्रतिनिधिसभा विघटनपछि नेकपाका अध्यक्ष ओली पहिलो पटक काठमाडौँ उपत्यकाबाहिरको कार्यक्रममा जान लाग्नुभएको हो । धनगढीमा हुने सभामा ५० हजार नागरिक उतार्ने तयारी नेकपा सुदूरपश्चिम (ओली समूह) को छ । सभा सफल पार्न संघीय सरकारका चार जना मन्त्रीहरु केही दिन अघि देखि नै धनगढीमा छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना सभाको तयारीका लागि धनगढी पुग्नुभएको हो । प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेश प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here