काठमाडाैं ।। नेकपाको ओली र प्रचण्ड–नेपाल समूहले आफूलाई आधिकारिक तथा बहुमत समर्थन रहेको दावी गर्न बिभिन्न रणनीति अघि सारेको छ । यसका लागि दुवै समूहले एकअर्का विरुद्धका भण्डाफोर अभियान चलाएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रदेशस्तरमा केन्द्रित बिभिन्न भेला तथा छलफल गरिरहेको छ । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीका विरूद्ध एक महिने आन्दोलनको घोषणा गरिसकेको छ । आन्दोलन अन्तर्गत यो समूहले आज ७७ जिल्लाबाट प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछ । ज्ञापनपत्रसँगै संविधानको पुस्तक पनि उपहार पठाउने कार्यक्रम रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर गलत गरेको भन्दै गल्ति सच्याएर क्षमा माग्नका लागि पनि प्रधानमन्त्रीलाई अनुरोध गर्ने कार्यक्रम पनि आज छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here