काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५११० जनामा गरिएको परीक्षणमा ३०७ पुरुष र २०४ महिला गरी ५११ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६०० रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ९१२ रहेको छ ।

त्यस्तै कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८४७ पुगेको छ । हाल समम देशभरि ६३०० जना सक्रयि संक्रमितहरू रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here