काठमाडाैं ।। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढ्दै जाँदा यसको असर प्रदेश तहमा पनि उत्तिकै देखिन थालेको छ । मुख्यमन्त्रीले मन्त्रीहरुलाई बर्खास्त गर्ने तथा सांसदहरुले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने क्रम चलिरहेको छ । यसै क्रममा हिजो सुदरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट््टले भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गर्नुभएको छ । मन्त्री बोहराले भने आफूलाई कुनै जानकारी नगराई पदबाट हटाएको गूनासो गर्नुभएको छ । यस्तै बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश संसदीय दलको उपनेता शालिकराम जम्कट्टेल र सचेतक वुद्धिमान माझीलाई पदमुक्त गर्नुभएको छ । प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले उहाँहरुलाई हटाउनु भएको नेकपाका प्रमुख सचेतक केशवराज पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो । बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहका हुनुहुन्छ भने जम्मकट्टेल र माझी प्रचण्ड नेपाल समूहमा रहनुभएको छ । नेकपाको प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here