काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १२७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ। यससँगै देशभर कोरोना संक्रमित हुनेको जम्मा संख्या २ लाख ३८ हजार ८६१ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५७५ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको मन्त्रालयले जनाएको छ।
कोरोनाबाट नेपालमा थप १६ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५६७ पुगेको मन्त्रालयले जनाएको छ।
हाल देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १५४४७ रहेको छ। हालसम्म १७ लाख ७१ हजार ९५० नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ५३७ जना रहेका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।