काठमाडाैं ।। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ । १६ दिने अभियान सचेतनामूलक तथा अभियानमूलक कार्यक्रम गरेर मनाउन सरकारले सबै तहका सरकारलाई आग्रह गरेको छ । विगतका वर्षमा पनि दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेर मनाईदै आएको र यस वर्ष पनि त्यसै अनुसार मनाउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ३ वटै तहका सरकारलाई परिपत्र गर्दै आग्रह गरेको हो ।संघीय सरकारले आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गर्ने भएकाले सबै निकायले त्यसै अनुसार मनाउन मन्त्रालयका लैङ्गिक हिंसा निवारण शाखाका प्रमुख रोशनीदेवी कार्कीले सीआईएनमार्फत् आग्रह गर्नुुभयो । यस वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् आजदेखि मंसीर २५ गतेसम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने रहेको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here