काठमाडाैं ।। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसी अवार्डका लागि मनोनित हुनुभएको छ । पारस ‘आईसीसी पुरुष एसोसियट प्लेयर अफ दि डिकेड’ अवार्डका लागि मनोनयनमा पर्नुभएको हो । पारससँगै यस अवार्डका लागि ६ खेलाडी मनोयनमा परेका छन् ।अन्य खेलाडीमा स्कटल्याण्डका केली कोट्जेर, कालुम म्याक्लिओड र रिची बेरीङटन रहनुभएको छ । यस्तै पपुवा न्युगिनीका असाद भाला र नेदरल्यान्ड्सका पिटर बोरेन मनोनयनमा पर्नुभएको छ । विजेताको नाम भोटको आधारमा छनोट गरिनेछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












