एजेन्सी ।। भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमित हुनेहरुको संख्या बढदै रहेकाे छ ।भारतमा पछिल्लो २४ घण्टामा थप ७४ हजार ४ सय ४२ जनामा कोरोना भाइरसको संकमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यसका साथै देशभर कोरोना संक्रमितको जम्मा संख्या ६६ लाख २३ हजार ८ सय १६ पुगेको छ ।
त्यसतै पछिल्ले २४ घण्टामा भारतमा कोेरोना संक्रमणका कारण ९ सय ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यसका साथै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या १ लाख २ हजार ६ सय ८५ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ५५ लाख ८६ हजार ७ सय ४ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ९ लाख ३४ हजार ४ सय २७ जनाको उपचार भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here