काठमाडाैं ।। कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वमा १० लाखमानिसको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाकाकारण ज्यानगुमाउनेको सङ्ख्या ३ हजार ८ सय ५२ पुगेको छ ।पछिल्ला विवरणहरु अनुसार सोमवार बिहान सम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या विश्वमा ३ करोड ३२ लाख ९७हजार ५ सय ३ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५० हजारभन्दाबढी सङ्क्रमितहरु थपिएका छन् ।विश्वमा सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या संयुक्त राज्य अमेरिकामा रहेको छ । यो रिपोर्ट तयार पार्दासम्म अमेरिकामा७३ लाख २० हजार ६ सय जना संक्रमित पुगेका छन् भने पछिल्लो २४ घण्टामा ३३ हजार संक्रमितथपिएका छन् ।अमेरिकामा हालसम्म कोरोनाभाइरसका कारण २ लाख ९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने पछिल्लो २४ घण्टामा २ सय ७६ जनाले ज्यान गुमाएका छन् ।यहाँ कोरोना संक्रमणपछि निको हुनेको सङ्ख्या ४५ लाख ६० हजार पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here