काठमाडाैं ।। राजस्थान रोयल्सले युएईमाजारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।सारजाहमा गयराति किङ्स इलाभेन पन्जाबलाई विकेटले ४ पराजितगर्दै राजस्थानले लगातार दोस्रो जित निकालेको हो ।सारजाह क्रिकेट मैदानमा पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा ग¥यो । राजस्थानको यो कीर्तिमानीजित समेत हो । आईपीएलको इतिहासमा कुनैपनि टोलीले सफलतापूर्वक पुरा गरेको यो सर्वाधिक ठूलो योगफलहो । राजस्थानको जितमा सन्जु सामसनले ८५ रनको बनाउँदा, राहुल टेवटियाले ५३ रन तथाकप्तान स्टिभ स्मिथले ५० रनबनाउनुभयो । पन्जाबकामोहमदशामीले ३ विकेट लिनुभयो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो ।पन्जाबको फराकिलो स्कोरमामायांक अग्रवालले १ सय ६ रनबनाउनुभयो । आईपीएलको यस सिजनशतक बनाउने दोस्रो खेलाडी बन्नु भएकामा यांकले ५० बलमा १० चौका र ७ छक्का प्रहार गर्नुभयो । कप्तान केएल राहुलको ब्याटबाट ६९ रननिस्कियो । जितसँगै राजस्थानले २ खेलमा ४ अंकजोडेको छ । राजस्थान तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । पन्जाबको यो दोस्रो हार हो । तेस्रो स्थानको पन्जाबले २ खेलमा २ अंकजोडेको छ ।आईपीएलक्रिकेटमा आज रोयस च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्स् बीचप्रतिस्पर्धा हुनेछ ।
राजस्थानको दोस्रो जित, पञ्जाबचार विकेटले पराजित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।