रौतहट ।। प्रत्येक बर्ष सेप्टेम्बर १८ का दिन नेपालमा परिवार योजना दिवस मनाईनछ । यस बर्ष सातौ राष्ट्रिय परिवार योजना दिवस २०२० को अवसरमा १६ सेप्टेम्बरका दिन “कोभिड १९ को अवस्थामा गुणस्तरीय परिवार योजना सेवाको निरन्तरता” नाराका साथ महिला सशक्तिकरण अभियान (ध्भ्ः) ले संयुक्त राष्ट्रिय जनसंख्या कोष (ग्ल्ँएब्) को सहयोगमा अनलाईन अन्तरकृया कार्यक्रम संचालन गरि राष्ट्रिय परिवार योजना दिवस २०२० मनाएका छन । महिला सशक्तिकरण अभियानद्धारा आयोजना गरिएका अन्तरकृया कार्यक्रमको अध्यक्षता प्रदेश स्वास्थय निर्देशनालय प्रदेश नं. २ का निमित निर्देशक विजय कुमार झाले गर्नुभएको थियो भने मूख्य अतिथिका रुपमा स्वास्थय तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रजनन् स्वास्थय तथा परिवार योजना शाखा प्रमुख कविता अर्याल र मिडवाफरी सोसाईटी नेपालको अध्यक्ष डा. लक्ष्मी तमाङ, तथा अतिथिको रुपमा संयुक्त राष्ट्रिय जनसंख्या कोष (ग्ल्ँएब्) बाट दानबहादुर खडका, बरुण कुमार सिंह तथा बच्चालाल महतो उपस्थित हुनु भएको थियो ।
कर्यक्रमको सहजिकरणकोलागी सहजकर्ताको रुपमा स्वास्थय कार्यालय सिरहाको कार्यालय प्रमुख कृषणदेव यादव हुनुहुनथ्यो । कार्यक्रममा धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका, रौतहट जिल्लाको गौर नगरपालिका, गुजरा नगरपालिका तथा यमुनामाई गाउँपालिका र सर्लाही जिल्लाको गोडैता नगरपालिका, कौडेना गाउँपालिका तथा मलंगवा नगरपालिकाको स्वास्थय सयोजक तथा स्वास्थयकर्मीहरु र धनुषा, सर्लाही र रौतहटको पत्रकारहरुको समेत भव्य उपस्थिति थियो ।
कार्यक्रममा कोभिडको समयमा परिवार योजनाका साधनहरुको वितरण तथा परामर्श सेवा संचालनको अवस्था बारेमा छलफल गरियो । विभिन्न पालिकाका स्वास्थय संयोजकहरुले आफ्नो पालिकाद्धारा गरिएका कामहरुको बारेमा जानकारी गराउनु भयो । परिवार योजनाकासेवाहरु प्रत्येक दम्पतिहरुसमक्ष पुर्याउने प्रतिवध्ताका साथ कार्यक्रमको समापन भयो ।
कार्यक्रमको सुरुवात महिला सशक्तिकरण अभियानका कार्यकारी निर्देशक उपासना कुमारी तिवारीले गरेकी थिईन भने कार्यक्रम संचालन गर्ने काम संस्थाका कार्यक्रम संयोजक आसना कुमारीले गर्नु भएको थियो । महिला सशक्तिकरण अभियानले सातौ परिवार योजना दिवश २०२० को अवसरमा अरु पनि चेतनामूलक कार्यक्रमहरु संचालन गरिरहेको संस्थाका कार्यकारी निर्देशक तिवारीले जानकारी गराउनु भयो ।
राष्ट्रिय परिवार योजना दिवसमा अन्तरकृया कार्यक्रम
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।