रौतहट ।। यहीँ साउन ११ गते कोरोना संक्रमण पुष्टि भएका एक वडाअध्यक्षको कन्ट्याक ट्रेसिङ्गमा परेका १९ जना का संक्रमण देखिएको छ । जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्षको कन्ट्याक ट्रेसिङ्गमा परेर १ सय ४४ जनाको स्वाव परिक्षण गरिएकोमा आज आएको रिर्पोटमा १९ जनाको रिर्पोट पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिनुभयो । आज संक्रमण पुष्टि भएकाहरु १८ जना राजदेवी नगरपालिका र १ जना गौर नगरपालिकाका रहेको उहाँले बताउनुभयो । यसअघि वडाअध्यक्षको सम्पर्कमा आएका नजिकका १७ जनाका पीसीआर परिक्षण गर्दा साउन २० गते आएको रिर्पोटमा ४ जनामा संक्रमण पुष्टि भएको थियो । अब आज संक्रमण पुष्टि भएकाहरुको पनि कन्ट्याक ट्रेसिङ्ग सुरु गरिने र यहीँ हिसाबले अनुमान लगाउँदा संक्रमितको संख्या अझै बढ्न सक्ने साहले बताउनुभयो । मुटु र सुगरका रोगी वडाअध्यक्षले स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि काठमाडाैँ जानका लागि भन्दै साउन ११ गते पीसीआर परीक्षण गराउँदा उहाँमा संक्रमण पुष्टि भएको थियो । संक्रमित वडाअध्यक्ष भने संक्रमण मुक्त भएर आइसोलेनबाट घर फर्किसक्नु भएको छ । संक्रमण पुष्टि भएर गौर स्थित नसिङ्ग इन्टिच्युटमा उपचार गराइरहनु भएका वडाअध्यक्ष सहित अन्य तीन जनाको पीसीआर रिर्पोट नेगेटिभ आएपछि हिजो (आइतबार) डिस्चार्ज गरिएको गौर अस्पतालमा मेडिकल सुपरिटेन्डेन डाक्टर कृष्ण साहले जानकारी दिनुभयो । वडाअध्यक्षमा मुटु र सुगरको समस्या देखिएपनि आइसोलेसनमा बसुन्जेल स्वास्थ्यमा कुनैपनि समस्या नआएको उहाँले बताउनुभयो । हालसम्म रौतहटमा १ हजार ३५५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेकोमा १ हजार ३२७ जना निको भएर घर फर्किसकेका छन् ।श्राेेत:News24

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here