काठमाडाैं ।। अमेरिकामा कोरोना भाइरस कोभिड १९ का कारण सङ्क्रमित हुनेको सङ्ख्या ५० लाख नाघेको छ । अमेरिका कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित भएको देश हो । जहाँ हाल सम्म १ लाख ६२ हजार मानिसको कोरोनाकै कारण मृत्यु भएको छ । अमेरिकामा सङ्क्रमित भएका मध्ये २५ लाख ७७ हजार मानिसहरु भने सङ्क्रमित भएर पनि निको भएका छन् । ब्राजिलमा भने २९ लाख १७ हजार ५ सय मानिस कोरोनाका कारण सङ्क्रमित भएका छन् । ब्राजिलमा ९८ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै प्रभावित मुलुकमध्ये तेस्रो बनेको भारतमा २० लाख ३० हजार मानिस सङ्क्रमित बनेका छन् । भारतमा ४१ हजार ६ सय ७३ जनाको मृत्यु भएको छ । विश्वभर भने कोरोनाका कारण १ करोड ९२ लाख ६६ हजार मानिस सङ्क्रमित भएका छन् भने हाल सम्म ७ लाख १७ हजार ७ सय को भने कोरोनाका कारण मृत्यु भएको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमित भएर पनि १ करोड २३ लाख ६५ हजार मानिस भने निको भइसकेका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाको हितमा यो फैसला लिएको बताउनुभएको छ । यो कार्यकारी आदेशबमोजिम आगामी ४५ दिनमा टिकटकको ‘प्यारेन्ट कम्पनी’ बाइटडान्सको सबै कारोबारमा प्रतिबन्ध लाग्नेछ । ट्रम्पले अमेरिकामा चिनियाँ कम्पनीका मोबाइल एपका कारण अमेरिकी राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थव्य वस्थामा खलल पुग्ने देखिएको बताउनुभएको छ । दुवै एप अमेरिकाका लागि ‘खतरापूर्ण’ रहेको उल्लेख गर्दै ट्रम्पले यी एपका चिनियाँ सञ्चालकसँग सहयोगी कम्पनीको कारोबारमाथि पनि प्रतिबन्ध लाग्ने भएको छ ।
अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या१ लाख ६२ हजार
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।