काठमाडौं ।। शुक्रवार देशभरि ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै देशभरि संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ।
शुक्रबार ४२५ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार ८ सय १४ जना उपचारपछि निको भएका छन्। शुक्रबार सात हजार ९२६ जनामा पीसीआर परीक्षण गरिएको थियो।शुक्रबार थप पाँच जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। नेपालमा हालसम्म ७० जना संक्रमितको मृत्यु भएको छ।

काठमाडाैं उपत्यकामा १ सय ६ जना कोरोना संक्रमित थपिए

काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडाैंमा ९२, ललितपुरका १० र भक्तपुरका चारजनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here