काठमाडौं ।। काठमाडौं उपतयकामा कोरोना भाइरसको संक्रमण बढेसँगै दुई हप्ताको लागि‘सटडाउन’ हुने भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने भक्तपुरकी सिडिओ हुमकला पाण्डेले जानकारी दिइन् ।
उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि दुई साताका लागि सटडाउन गर्ने भएको हो ।
तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस अवधिमा जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेक कुनै पनि सेवा दिइने छैन ।
काठमाडौँ उपत्यकामा आइतबारदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका कामहरु सम्भव भएसम्म नियन्त्रित गर्ने गरिने भएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि आगामी आइतबारदेखि लागू हुनेगरी सटडाउनको निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
काठमाडौँमा संक्रमण बढ्दै गए र आवागमन तथा हिँडडुलमा नियन्त्रण नभए उपत्यकाको स्थानीय प्रशासनले निषेधाज्ञासम्मको तयारी गरेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here