राजेन्द्र महतो , लहान ।। सिरहाका १७ स्थानीय तह मध्ये १२ स्थानीय तहले कोरोना भाइरस को नाममा भएको खर्चको विवरण सार्वजनिक गरेका छ्न ।
सिरहाको स्थानिय तहमा कोरोनाको नाममा आर्थिक अनियमितता, भ्रष्टाचार र व्यापक असन्तुष्टिहरु देखिएपछि जिल्ला बिपद ब्यबस्थापन समिति सिरहाले तीन दिन भित्र खर्च बिबरण सार्बजनिक गर्न भनेपछि हिजाेकाे बैठकमा १२ स्थानीय तह र दुई स्वास्थ्य कार्यालयले खर्चको विवरण सार्वजनिक गरेका हुन।
कोरोना भाइरसको नाम भएको खर्चको बिबरणमा सबैभन्दा बढि सिरहा नगरपालिका ले ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैया र सबैभन्दा कम अर्नामा गाउँपालिकाले ३९ लाख ५९ हजार १ सय ३ रुपैयाँ खर्च गरेका छ्न ।
त्यस्तै ,गोलबजार नगरपालिकाले १ करोड ६० लाख ८५ हजार ५३ रुपैयाँ,कर्जन्हा नगरपालिकाले १ करोड ४८ लाख १५ हजार ८ सय १६ रुपैया , धनगढीमाइ नगर पालिकाले ५५ लाख ९४ हजार ६ सय ३३ रुपैया ,
,लहान नगरपालिका ले १ करोड ९८ लाख ४० हजार ७८ रुपैया,मिर्चैया नगरपालिका ले १ करोड ७२ लाख ८१ हजार ७७ रुपैयाँ,बिष्णुपुर गाउँपालिका ले ८८ लाख ६१ हजार ७ सय १० रुपैया ,बरियारपट्टि गाउँपालिका १ करोड ५७ लाख २३ हजार ७ सय ६७ रुपैया ,नरहा गाउँ पालिकाले ७३ लाख ५९ हजार २ सय ४९ रुपैया ,लक्ष्मिपुर पतारी गाउँपालिकाले ६९ लाख ६५ हजार ६ सय ९५ रुपैया र औरहि गाउँपलिकाले २ करोड २० लाख ८० हजार ९ सय ३० रुपैया खर्च विवरण सार्वजनिक गरेका छन।
त्यस्तै सिरहा का दुई स्वास्थ्य कार्यालयले पनि खर्च सार्वजनिक गरेका छन।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाले ३० लाख ८६ हजार २ सय ८८ र जिल्ला अस्पताल कार्यालय सिरहाले १ करोड ३८ लाख ५९ हजार ७ सय ७ रुपैयाँ खर्च बिबरण सार्बजनिक गरेका छ्न ।
सिरहाका १७ स्थानीय तह मध्ये ५स्थानीय तहले कोरोना खर्च विवरण सार्वजनिक गरेका छैनन् ।खर्च विवरण सार्वजनिक नगर्नेमा कल्याणपुर नगरपालिका,सुखिपुर नगरपालिका सखुवानन्कारकट्टि गाउँपालिका,भगबानपुर गाउँपालिका र नबराजपुर गाउँपालिका रहेका छ्न ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here