एजेन्सी ।। भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख नाघेको छ । कोरोना सङ्क्रमितको सङ्ख्याको आधारमा भारत विश्वको तेस्रो सबैभन्दा प्रभावित देश हो । भारतमा शुक्रवार एकै दिन थप ६२ हजार ५ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २० लाख २७ हजार ७४ पुगेको छ ।
त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा ८ सय ८६ जनाको मृत्यु भएको छ । यसका साथै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४१ हजार ५ सय ८५ पुगेको छ ।
भारतमा जम्मा कोरोना संक्रमित मध्ये ६ लाख ७ हजार ३ सय ८४ जना उपचाररत अवस्थामा रहेको छ । भने १३ लाख ७८ हजार १ सय ५ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।