रौतहट ।। रौतहटको शिवनगरस्थित ऐतिहासिक महादेव मन्दिरमा तालाबन्दी गरिएको छ । रौतहट जिल्लामा रहेको प्रसिद्ध शिवनगर मन्दिर कोभिड–१९ को सङ्क्रमण समुदाय स्तरमा फैलिन नदिनका लागि मन्दिरको प्रवेशद्वार आज बिहान ५ बजेदेखि बन्द गरिएको हो । साउन महिनाको सोमवारका दिन दर्शन गर्न विभिन्न स्थानबाट भक्तजन श्रद्धालुहरु मन्दिर आउने भएकाले कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिने जोखिम हुने हुँदा मन्दीरमा ताला लगाइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताउनुभयो । मन्दिरमा ताला लगाइएपनि बाहिर भने पूजा गर्नेहरुको भिड लागेको र बाहिर नै पूजना गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here