काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरका २५ प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ जनामा कोरोना पुष्टि भएको हो ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७०६१ पुगेको बताए ।
पछिल्लो २४ घण्टामा मंगलबार थप ३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसहित नेपालमा हालसम्म १० हजार ३ सय २८ उपचारपछि निको भएका छन्।मंगलबार ४ हजार ३६१ जनाको कोरोनाको परीक्षण भएको र हाल २४ हजार ७१६ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए। हाल ६ हजार ६ सय ९५ जनाको कोरोना उपचार भइरहेको छ।
हालसम्म नेपालमा ३८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।