काठमाडौं ।। प्रधानमन्त्री केपी शर्मा आलीले अयोध्याबारे दिएको अभिव्यक्तिपछि उनको नेपालमै चर्को आलोचना भएको छ । ओलीले सोमबार भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा भगवान रामको जन्मस्थान भारतको अयोध्यामा नभई नेपालकै वीरगञ्जस पश्चिममा पर्ने गाउँमा जन्मिएको अभिव्यक्तिपछि उनको सर्बत्र आलोचना चुलिएको हो ।
प्रधानमन्त्री जस्तो व्यक्तिले बिना आधार र प्रमाण विवादास्पद अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री, मन्त्रीदेखि नेकपाकै नेता कार्यकर्तालेसमेत आलोचना गरेका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्यङ्ग्य गर्दै ट्वीट गरेका छन्, ‘आधी–कवि ओलीकृत कलियुगीन नयाँ रामायण श्रवण गरौँ ! सिधै वैकुण्ठधामको यात्रा गरौँ !’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेका छन् ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले धर्म भावनात्मक विषय भएकाले यसका सम्बन्धमा बेतुकका अभिव्यक्ति दिँदा लज्जित बनाउने तर्क राखेका छन् ।

नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजाललेसमेत प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको आलोचना गरेका छन् ।

यसैबीच भारतको सत्तारुढ दल भाजपाले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको छ । भाजपाका प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका छन् ।