रौतहट ।। कोभिड १९ अर्थात कोरोना भाइरस संक्रमितको संख्या प्रदेशमै रौतहट पहिलो स्थानमा रहेपनि स्थानीय तहको सहयोग तथा स्थानीय प्रशासनको निगरानीका कारण संक्रमितहरु मध्ये ९२ प्रतिशत विरामी कोरोनाको जंग जितेर घर फर्किन सफल भएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार भारतको विभिन्न राज्यमा काम विहिन भएका नागरिकहरु घर फर्किदा सिमाबाट सिधै सम्बन्धित पालिकाद्धारा तयार पारिको क्वारेन्टीनमा राखेर स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा १२४६ जना कोरोनाबाट संक्रमित भएपछि उनीहरुलाई जिल्ला भित्रै तयार पारिएको आइशुलेशनमा राखेर उपचार गरियो । दुई साताको उपचार पछि दुई चोटी स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा रिपोर्ट निगेटिभ आएका ११५१ जना व्यक्ति कोरोनाको जंग जितेर घर फर्किएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।
प्रहरी विद्यालय विर्ता, जयकिसान मावि धरहरी, परोहा र चन्द्रपुरको सहिद पार्कमा रहेको आइशुलेशनमा ९५ जना कोरोना संक्रमित व्यक्तिहरुको उपचार भईरहेको बताए । भारतमा रोजगार विहिन भएका रौतहटको विभिन्न पालिकाको १४६९८ जना क्वारेन्टाइनमा बसेका थिए जस मध्ये १४३३० जनाको पिसिआर परिक्षण गर्दा १२४६ जना पोजेटिभ रिपोर्ट आएको थियो उनले भने ।
जिल्लाको विभिन्न क्वारेन्टाइनमा ३६ जना महिला र ३३२ जना पुरुष गरी ३६८ जना रहेको जानकारी दिदै प्रजिअ घिमिरेले क्वारेन्टाइनमा बसेका ति व्यक्तिहरुको चाँडै पिसिआर परिक्षण गरिने बताए । विस्तारै रौतहट जिल्ला कोरोना उन्मुक्त हुने क्रममा अघि बढेको छ यस कार्यमा स्थानीय बासिन्दा, राजनितिक दल, स्थानीय तह देखि लिएर सुरक्षाकर्मीहरु, चिकित्सकहरुको मेहनतबाट उक्त परिणाम अहिले देखा पर्दा जिल्लाको लागि सुखद पक्ष रहेको स्पष्ट पारे ।
आइशुलेशनबाट कोरोनाको जंग जितेर घर फर्किएका व्यक्तिहरु संग समाजमा राम्रो व्यवहार गर्न र कोरोनाबाट व्यक्तिमा परेका नकारात्क असरलाई हटाई समाजमा स्थापित गराउन आग्रह गर्दै प्रजिअ घिमिरेले प्रदेशमै अग्र स्थानमा रहेको जिल्लामा स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी समाजसेवी लगायत समाजका सचेत वर्गद्धारा समाजिक दुरी कायम, अनिवार्य रुपमा मास्क लगाउने र साबुन पानीबाट वा सेनेटाइजरको प्रयोग गरी कोरोनालाई हराएको तथा कारोना मुक्त जिल्ला बनाउने अभियान चाडै पुरा हुने विश्वास व्यक्त गरे ।
राैतहट छिटै काेराेना मुक्त
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।