रौतहट ।। रौतहटको देवाही गोनाही नगरपालिकाबाट मोटरसाइकल चोरी गरी लैजाँदा गरेको अवस्थामा दुईजना पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिका टिकुलिया बकैया पुल नजिकै सडकमा पार्किङ गरी राखेको ११ प २६६७ नम्बरको मोटरसाइकल चोरी गरी लैजाँदै गरी मौलापुरतर्फ जादै गरेको समयमा ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएका प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बौधिमाई नगरपालिका–१ बौधा बस्ने २० वर्षीय रमेश राय यादव र रम्भुकुमार यादव रहेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।