काठमाडौं ।। भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का करिब २१ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका २० हजार ९०३ नयाँसंक्रमित भेटिएका हुन् ।
यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख २५ हजार ५४४ पुगेको छ ।कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १८ हजार नाघेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १८ हजार २१३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३७९ जनाको मृत्यु भएको छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ८६ हजार ६२६ संक्रमित फेला परेका छन् । यो राज्यमा अहिलेसम्म आठ हजार १७८ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।