नवलपरासी पश्चिम ।। नवलपरासी पश्चिम सुस्ताको मृत्युु भएका ३५ बर्षिय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतबाट घर फर्कने क्रममा बुधबार बिहान बेलहिया गेट पारीपट्टि सुनौली बजारमा मृत्यु भएका ती युवकले अचानक बान्ता गरेर ढलेका थिए ।
भारतीय पक्षले दिएको जानकारी अनुसार उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । ‘मृतकको शवलाई भारतीय पक्षले भारतकै अस्पतालमा लगेको थियो । उनी पाल्पाका तीन जना साथीसँग बुधबार बिहान ४ बजे बस मार्फत सुनौली नाका आइपुगेका थिए ।
नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकका अनुसार उनको स्वाबको परीक्षणमा कोराना पोजेटिभ देखिएकाले शबको भारतमै अन्त्येष्टि गरिने तयारी भइरहेको छ । पाठकले परिवारका सदस्यलाई शव देखाएर अन्त्येष्टि गरिने बताए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।