रौतहट ।। रौतहट जिल्लाको वौधिमाई नगरपालिका वडा नं.६ पिपरीयामा सोमवार राहतको विषयलाई लिएर दुइ पक्ष विचमा झडप भएको छ । झडपमा केही व्यक्ति समान्य घाइते समेत भएको छ ।
कोरोना भाइरसको जोखिम नियन्त्रण गर्नका लागी नेपाल सरकारले घोषणा गरेको पुर्ण लकडाउनको मारमा परेका गरिव, विपन्न वर्ग , असंगठित क्षेत्रका ज्यालादारी गर्नेलाइ खाधान्न समाग्री राहत उपलव्ध गराउने नेपाल सरकार तथा प्रदेश सरकारको निति निर्देशन अनुसार राहत वितरण भइ रहेको भन्दै असन्तुष्ट पक्ष र निर्वाचित वडा अध्यक्ष समर्थक विच झडप भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फवाट वडा अध्यक्षको प्रत्यासी जगाधर राय यादवले वडा अध्यक्ष हृदय नारायण राय यादवले आफनो नाता गोता पार्टी कार्यकर्ताहरुलाई सरकारको निति निर्देशनलाइ वेवस्ता गर्दै राहत वितरण गरी रहेको आरेप लगाएका छन ।
उहाले सर्वदलिय वैठकको निर्णय अनुसार गरीव दलित विपन्न वर्गलाइ राहत वितरण गर्नु पर्नेमा सोको विपरीत कार्य गर्न लागेको आफुहरु विरोधमा उत्रिनु परेको बताए । स्थानिय जमिल अख्तर देवानले राहत वितरणमा विभेद भएकोले विरोध गर्दा स्थानिय प्रहरीले लाठी प्रहार समेत गरेको आरोप लगाए ।
प्रदेश सरकारले निर्धारण गरेको मापदण्ड अपनाएर राहत वितरण हुनु पर्ने स्थानियहरुको माग रहेको छ । केदारनाथ राय यादव,उमाशंकर राय यादव लगायतका स्थानियहरुले बडा अध्यक्ष यादव माथि राजनितिक आडमा विभेद पुर्ण राहत वितरण गरेको दावी गरेका छन
वडा अध्यक्ष यादवले भने आफु माथि लगाएको आरोपमा सत्यता नभएको दावी गरेको छ । मापदण्ड अनुसार सर्वदलिय बैठकवाट निर्णय भए अनुसार राहत वितरण भइरहेकोमा प्रतिपक्षी दल नेकपाका केही स्थानिय नेताले आफनो कार्यकर्तालाई उचालेर विरोध गराएको बताए । राहत पाउने लक्षित वर्ग ४५० रहेकोमा विपक्षीले २७० जना सम्पन्न परिवारलाई थप राहत दिनु पर्ने अडान राखेर राहत वितरणमा अवरोध खडा गरेको जिकिर गरे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here