काठमाडौं ।। सुदूरपश्चिम प्रदेशको नवनियुक्त मन्त्री टीका थापाले पद तथा गोपनियताको शपथ लिएकी छन् । मंगलबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँले शपथ खुवाएका हुन् । मुख्यमन्त्री दीर्घ सोडारीले मंगलबार नागरिक उन्मुक्ति पार्टीकी थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका थिए । वैशाख ६ गते सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । सोही दिन सोडारीले नाउपका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका थिए । फेरि नाउपाकै अर्का सांसद थापालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here