सर्लाही ।। सर्लाही जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागी हुदाँ दुई घर र दुई कृषि फार्ममा क्षति भएको छ । गए राति जिल्लाकाे हरिवन र कविलासीमा आगलागी भएको थियाे ।
आगलागीबाट हरिवन नगरपालिका–३ मोहनपुरका रोहन भुजेलको घर र दुईवटा फार्म जलेका छन् । भुजेलको बस्ने एउटा घर र बाख्रा र कुखुरापालन गरेको दुईवटा फार्ममा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिइ ।
विद्युत सर्ट भएर आगलागी हुँदा भुजेलको फार्मसहित २६ कुखुरा र २० हाँस मरेका छन् । घर, पशु फार्म र घरको अन्नपात, लत्ताकपडा, भाँडावर्तनसहित ११ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।
यसैगरी, गएराति नै कविलास नगरपालिका–१० सलेमपुरमा एक घरमा आगलागी भएको छ । आगलागीबाट वासुदेव महतोको गोठघर नष्ट भएको छ ।आगलागीबाट दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दुवै स्थानको आगो स्थानीय, प्रहरी, हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायतामा निभाइएको थियो ।
Home प्रदेश समाचार मधेश प्रदेश सर्लाहीको दुई छुट्टाछुटै स्थानमा आगलागी हुदाँ घर र कृषि फार्म जलेर नष्ट
सर्लाहीको दुई छुट्टाछुटै स्थानमा आगलागी हुदाँ घर र कृषि फार्म जलेर नष्ट
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।