काठमाडौँ ।। पाकिस्तानको दक्षिण बजिरिस्तानमा आफ्नो कर्तव्य पालन गरिरहेका जिल्ला न्यायाधीश शकिरुल्ला मारवातलाई खैबर पख्तुनख्वाको ट्याङ्क र डेरा इस्माइल खानको सीमा क्षेत्र नजिकै हतियारधारीहरूले अपहरण गरेको प्रहरीलाई उद्धृत गर्दै जियो न्युजले बताएको छ ।
डेरा इस्माइल खानको प्रहरी उपरीक्षक मोहम्मद अदनानले घटनाको पुष्टि गर्दै ट्याङ्क र डेरा इस्माइल खानको सीमा क्षेत्रको बीचमा रहेको बग्वाल गाउँमा न्यायाधीश कार्यालयबाट डेरा इस्माइल खान फर्किंदै गर्दा उक्त घटना भएको बताए ।
अपहरणकारीहरूले न्यायाधीशको कार र चालकलाई घटनास्थलबाटै छाडेको उनले बताए । उनको अपहरणको कसैले जिम्मेबारी नलिएको प्रहरीले बताएको छ ।
दुर्भाग्यपूर्ण घटनाप्रति प्रतिक्रिया दिँदै पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) का केन्द्रीय सूचना सचिव फैसल करिम कुन्दीले चिन्ता र दुःख व्यक्त गरे । उनले खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमिन गन्डापुरलाई प्रान्तमा शान्ति स्थापनाप्रति उनको ‘गैर–गम्भीरता’ बारे स्पष्ट गर्न बोलाए ।
उनले भने, “मुख्यमन्त्रीले शान्ति स्थापनाप्रति किन गम्भीर नभएको र आतङ्कवादी किन खुलेआम छन् भन्नेबारे बताउनुपर्छ ।” उनले न्यायाधीशको अपहरणको खबरले जनतामा असुरक्षाको भावना सिर्जना भएको बताए ।
उक्त विषयमा खैबर पख्तुनख्वाका मुख्यमन्त्री गन्डापुरले अपहृत न्यायाधीशलाई सकुशल उद्धार गर्न निर्देशन दिएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here