रौतहट ।। कोरोना संक्रमणबाट जोगाउन लामो समय देखि सरकारले लकडाउन गरेको कारण खाद्यान्न सन्कट उतपन्न भएका अति बिपन्न परिवारहरुलाई राहत वितरण गरिएको छ ।
ग्रामिण बिकाश केन्द्र (आर.डि.सि.) नेपाल र ईस्लामिक रिलिफ नेपालको सहयोग तथा परोहा नगरपालिकाको सह्कार्यमा नपाको विभिन्न वर्डाका अति विपन्न ४ सय १ परिवारलाई खाद्यान्न सहितको राहत वितरण गरिएको आरडीसी नेपालका अध्यक्ष पारस हुसैनले बताएका छन् ।
अध्यक्ष हुसैनका अनुसार, परोहा नपा.को वार्ड नम्बर ३,४,र ५ तेजापाकड र रामनागरामा करिव ४ सय १ परिवारलाई राहत स्वरुप प्रती प्यकेजमा ३० किलो चावल, २ किलो दाल, २ लिटर तेल, २ किलो चिनी, नुन र ४ ओटा साबुन उपलब्ध गराइएको हा
राहत बितरणको समय सोसल डिस्टेन्सिङ्गको राम्रो ब्यवस्था सहित परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलको उपस्थितीमा गरिएको थियो । विश्वभरी कोरोना भाइरसको महामारी फैलेपछी देश भरी सरकारले ४४ दिन देखि लकडाउन गरेको छ । लकडाउनले मजदुर, दैनिक ज्यालादारीमा काम गर्न अति बिपन्न परिवारमा खाद्यान्न सन्कट उत्पन्न भएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here