लहान ।। सिरहाको सिरहा नगरपालिका -७ ट्राफिक चौक स्थित भारतबाट ल्याउँदै गरेको अवैध लाखौं रुपैया बराबर को ब्रोइलर कुखुरा सहितको पिकअप शुक्रबार सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सिरहा नगरपालिका ७ स्थित ट्राफिक चौक स्थित भारतबाट ल्याउँदै गरेको ना. ४ ख. ९३६४ नम्बरको पिकअपमा करीब २ लाख ५० हजारको पाँच सय वटा ब्रोइलर कुखुरा र पिकअप नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन। नियन्त्रणमा लिएको कुखुरा भन्सार कार्यालय माडरमा नष्ट गरिएको प्रहरी ले बताएका छ्न। पिक अप र चालकलाई आवश्यक कार्वाही तथा अनुसन्धानको लागी भन्सार कार्यालय माडरमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डि – एस – पि- तथा सूचना अधिकारी विनोद घिमिरे ले बताएका छन। पछिल्लो समय चिनमा कोरोना भाईरसको देखिएपछि भारतमा कुखुराको मासुको विक्रिमा कमि आएछ । कुखुराको विक्रिमा कमि आएपछि भारतीय कुखुरा नेपाल भित्रीने गरेको नेपाली व्यवसायीहरुको दावी छ।सिरहाको विभिन्न चोरबाटो हुँदै दिनहुँ चल्ला र कुखुरा नेपाल भित्रिरहेको र राती १२ बजेपछि कुखुरा बोकेको गाडी नेपाल भित्रिने गरेको सीमाक्षेत्रका स्थानीयहरुले बताउँछन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here