काठमाडाैं ।। नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी भित्र देखिएको विवाद समाधानका लागि पहल थाल्नुभएको छ । काँग्रेसका सभापति देउवाले आफूबिरुद्ध गुटबन्दीमा लागेका जिल्ला सभापतिहरुलाई छलफलका लागि बोलाउनुभएको हो । सभापति देउवाले छलफलका लागि जिल्ला सभापतिलाई आज आफ्नो निवासमा बूढानीलकण्ठमा आउन आग्रह गर्नुभएको छ । पार्टी संस्थापनको कार्यशैलीप्रति असन्तुष्ट संस्थापन इतर समूहको अगुवाइमा जिल्ला सभापति तीन दिनदेखि पार्टी कार्यालयमा छलफलमा जुटेका छन् । काँग्रेस नेता जगदिश्वर नरसिंह केसीले सभापति देउवाले आज छलफलका लागि बोलाउनुभएको सीआईएनलाई जानकारी दिनुभयो । भेटका क्रममा जिल्ला सभापतिहरुले देउवालाई सानेपा भेलाबाट जारी हुने घोषणापत्र हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ । संस्थापन इतर पक्षले पार्टीमा उत्पन्न पछिल्लो विवादबारे आफूनिकटका जिल्ला सभापतिसँग पराशर्म गरेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here