काठमाडाैं ।। राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा गरेको सम्बोधनपछि अमेरिका र इरानबीच मडारिएको युद्धको खतरा तत्काललाई टरेको छ । ट्रम्पले आफ्नो सम्बोधन क्रममा इरानमाथि थप सैन्य कारबाहीको सम्भावना देखाउनुभएन । गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परेर सैनिक कमान्डर कासिम सुलेमानी मारिएपछि राष्ट्रपति ट्रम्पको यो पहिलो आधिकारिक सम्बोधन हो । उक्त अमेरिकी हमलाको जवाफमा इरानले मंगलबार राति इराकस्थित दुई अमेरिकी सैनिक अखडामा दर्जनभन्दा बढी मिसाइल आक्रमण गरेको थियो । यसले दुई देशबीच द्वन्द्व चर्किनुका साथै युद्धको सम्भावना बढाएको थियो । पछिल्लो समय दुवै देशबाट आएको प्रतिक्रियाले द्धन्द्धको खतरा टरेको देखिएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here