हुम्ला ।। गत शुक्रबारबाट सञ्चार सेवा अबरुद्ध हुँदा हुम्लाको सदरमुकाम सिमकोट सञ्चार बिहिन भएको छ । सदरमुकाम सिमकोटसँग जोडिएको दैलेखको माबु लेकमा रहेको टावरमा चट्याङका कारण क्षति पुगेपछि सञ्चार सेवा अबरुद्ध भएको नेपाल टेलिकम हुम्लाले जनाएको छ । हुम्लामा सिडिएमए बाहेक अन्य टेलीफोन सेवा ६ दिनदेखि अबरुद्ध हुँदा सञ्चारमा समस्या भएको हो । टेलिफोन तथा इन्टरनेट सेवा अबरुद्ध हुँदा कार्यालयको कामकाज प्रभावित भएको कर्मचारीको भनाइ छ । माबुलेखमा रहेको रेडियो लिंकमा समस्या आएको र हिमपातका कारण मर्मतमा ढिलाइ भएकाले सेवा सुचारु हुन ढिलाइ भएको बताइएको छ । सामान सहित रेडियो लिंक मर्मतका लागि प्राबिधिक टोली सम्बन्धित स्थल गएको नेपाल टेलिकम हुम्लाका प्राबिधिक रामबहादुर बोहोराले बताउनुभयो । सदरमुकाम सिमकोटमा रहेको नेपाल टेलिकमको कार्यालयले २ सय ९६ ल्याण्डलाईन, २ सय ९६ एडिएसएल, ३ हजार ५ सय सिडि एमए र ८ हजार एनटिसि का लाईन बितरण गरेको छ । नेपाल टेलिकमको टावर रहेका विभिन्न ठाउँमा बेलाबेला समस्या आउँदा जिल्लाका सेवाग्राहीले बारम्बार समस्या भोग्नुपरेको छ ।
सदरमुकाम सिमकोट सञ्चार बिहिन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।