काठमाडाैं ।। आज मुलुकभरको मौसम सामान्यतया सफा रहे पनि केही स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिम र पूर्वका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । केही स्थानबाहेक आज मुलुकका धेरै ठाउँमा घाम लाग्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । बेलुका फेरि पश्चिमी वायुको न्यून चापीय प्रणाली प्रवेश गर्ने सम्भावना रहेको बताउँदै पोखरेलले यसअघिको जस्तो शक्तिशाली भने यो प्रणाली हुने छैन भन्नुभयो । देशका उच्च पहाडी र हिमाली भेगमा हिमपात गराउने सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुकै कारण केही दिनदेखिको हिमपात र वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकामा आज दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसमविद् पोखरेलको भनाइ छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।