रौतहट ।।
रौतहट जिल्लामा किशोरीहरुको क्षमता अभिवृद्धि गर्न सेफ गर्ल्स परियोजना संचालन हुने भएको छ l रौतहट जिल्लाको राजपुर,गौर,देवाही गोनाही, यमुनामाई,परोहा तथा सर्लाहीको बसवारिया, कौडेना र हरिपुरवामा किशोरीहरुलाई शसक्तिकरण गर्ने तथा डिजिटल सुरक्षाको लागि सेफ गर्ल्स परियोजना सुरु गर्न लागिएको छ l
परियोजनाको क्रममा सर्लाही र रौतहटमा आयोजित जिल्ला परियोजना सल्लाहकार समितिको बैठक मार्फत परियोजना बारे बिस्तृत जानकारी गराइएको छ l
किशोरीहरुलाई बृहत यैनिक तथा प्रजनन शिक्षा तथा लैंगिक शसक्तिकरण गर्ने उदेश्यका साथ UNFPA र गुड नेवर इन्टरनेसनलको सहयोगमा ग्रामिण बिकास केन्द्र नेपाल लौकाहाले सो परियोजना संचालन गर्न लागेको हो l
परियोजनाको क्रममा विभिन्न तहमा डिजिटल प्रविधिको प्रयोग गर्ने रणनीति पनि यसले अवलम्बन गर्ने, लैंगिक हिँसा सम्बन्धि घटनाहरु बारे उजुरी संयन्त्र प्रणालीलाई सुदृढ गर्ने तथा किशोरीहरुको लागि सुरक्षित स्थानको स्थापना गरि किशोरी, युवती र समुदायका सदस्यहरूमा भएका सामाजिक व्यवहार परिवर्तनका तत्कालिक तथ्यांक सङ्कलन गर्ने कार्य गरिने लक्ष्य राखिएको छ l
परियोजनाले लैङ्गिक हिंसा र हानिकारक अभ्यासहरूलाई लक्षित गरी तिनको प्रतिकार्य गर्न युवती तथा किशोरीहरूको व्यक्तिगत र सामूहिक क्षमता अभिवृद्धि गर्नु र मानवीय संकटका अवस्थामा पनि उनीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारहरूमा पहुँच बढाउने लक्ष्य राखिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
अघिल्लो सामग्रीकसरी याेग्य मानिस बन्ने
सुमिन्त्रा मिडिया प्रा.लि. गौर रौतहटद्वारा संचालित याे संगम खवर नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनु भएकोमा धन्यवाद । समाचारको लागि +977-9845134379 फोन गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here