जनकपुरधाम ।। आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार करिब ११ बजे जनकपुरधामको सीताचोकस्थित सनुन होटेलबाट उनलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।
उनलाई आवश्यक प्रक्रिया पु¥याएर थुनामा पठाइने एसपी शर्माले बताए । गत मंसिर २० गते सर्वोच्च अदालतले आरती साहका पति मोतीबाबुलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो ।
जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी आरती साहको शव गत ७ जेठमा घरमै झुण्डिएको अवस्थामा भेटिएको थियो । उनको माइती पक्षले छोरीको हत्या भएको भन्दै पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीविरुद्ध जाहेरी दिएका थिए ।
त्यसपछि जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।