काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ। सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारको १ वर्ष कार्याकालमा भएका उपलब्धिको चर्चाका साथै आगामी वर्षको कार्ययोजना समेत सार्वजनिक गर्ने छन्।
प्रधानमन्त्री प्रचण्डले आफ्नो १ वर्षे कार्यकाल सोचेजति उपलब्धिमूलक नभएको बताउँदै आएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका थिए।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।