काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा उत्साहजनक वातावरण बनेको बताएका छन्। मंगलबार बिहान चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अर्थतन्त्रले अहिले सकारात्मक गति लिइरहेको दाबी गरे। उनले निजी क्षेत्र र नागरिक समाजले नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने धारणा राखे। ‘अर्थतन्त्रमा धेरै समस्या थियो । अहिले त्यो सबै समाधान हुँदै गइरहेको छ’, उनले भने,‘देशको अर्थतन्त्र सकारात्मक तरिकाले अगाडि बढेको छ। निर्धक्क भएर लगानीको वातावरण बनाउन सकिन्छ भन्ने कुरा अब निजी क्षेत्र र नागरिक समाजले भन्नुपर्ने अवस्था छ।’ उनले ,पर्यटन क्षेत्रमा पनि उत्साह छाएको, बिस्तारै घर जग्गाको कारोबार पनि सुधारिँदै गरेको र रेमिट्यान्स बढेकाले अर्थतन्त्र लयमा फर्किएको उनको तर्क गरे। विगतमा मौद्रिक नीति र वित्त नीतिमा देखिएको कमजोरीले देशमा आर्थिक समस्या भएको उनको भनाइ छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here