काठमाडाैं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कात्तिक २२ र २३ गते मधेश प्रदेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने भएको छ । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समिति र संसदीय दलको बैठक छुट्टाछुट्टै गरेर फेरि संयुक्त बैठक गरी ३ वटा बैठक बस्ने जानकारी दिए ।सिरहा, बारा र महोत्तरीमध्येको ग्रामीण क्षेत्रमा केन्द्रीय बैठक बस्ने जनाइएको छ । पार्टीका आन्तरिक गतिविधि तथा बैठकहरू केन्द्रीय राजधानी केन्द्रित हुँदै आएकाले विगतको निरन्तरता हटाउन काठमाण्डु बाहिर बैठक गर्न लागिएको जनाइएको छ । बैठकमा पार्टीको कार्यदिशा र महाधिवेशनका विषयमा छलफल हुने सहमहामन्त्री बुर्लाकोटीले बताए । रास्वपाले मंसिर गर्ने भनिएको केन्द्रीय महाधिवेशन नहुने तर प्रक्रिया अगाडि बढ्ने बुर्लाकोटीले बताए । मंसिरबाट वडा तहको अधिवेशन सुरु हुने जनाइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here