रौतहट ।। पछिल्लो दुई दिन देखि अत्यधिक चिसो बढेसँगै रौतहट सहित मध्य तराईका जिल्लामा जनजीवन कष्टकर बन्दै गएको छ । रौतहको सदरमुकाम गौर आसपासका ठाउँमा बिहानको तापक्रम न्यून रहँदै आएकाले आम नागरिकहरुको दैनिकी प्रभावित बनेको हो ।
घाम नलाग्ने तथा पश्चिमी वायुको प्रभावसँगै हावा चल्ने गरेकाले बुधबार बिहानको तापक्रम १० डिग्री सेल्सियस रहेको थियो ।
कुहिरो र चिसो हावा बतासले हात खुट्टा नै कठ्याङ्ग्रिन थालेपछि दैनिक काम गर्ने सर्वसाधारणलाई समस्या भएको छ । बाहिर श्रम गर्ने श्रमिकहरुलाई पनि चिसोले बढी प्रभाव पारेको छ, विशेषगरी रिक्सा ठेला चलाउने, निर्माणको काम गर्ने मजदुरलाई गाह्रो भइरहेको छ ।
चिसोलाई छल्न चोकचोकमा सर्वसाधारणले आगो बालेका छन् । चिसोका कारण कमै मानिस घर बाहिर निस्किरहेका छन् । चिसोले मुसहर, ढांगर, चमार, दुसाध बस्तीका बासिन्दालाई बढी प्रभाव पारेको छ ।
शीतलहर, बाक्लो कुहिरोका कारण चौपाया, पशुपंक्षी तथा बालीनालीलाई असर पु¥याएको छ । तराई मधेशमा न्यानो कपडाको अभावमा चिसोले कठ्याङ्ग्रिएर बर्सेनि गरीब, विपन्न, सीमान्तकृत समुदायका मानिसहरु बढी प्रभावित हुने गरेका छन् ।
चिसो बढेसँगै रौतहट सहित मध्य तराईका जिल्लामा जनजीवन कष्टकर बन्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।