काठमाडौं ।। एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादी नेकपा (एस) मा मिसिने भएका छन्। एकता प्रयासका लागि दुवै पक्षबीच आज भएको वार्ता सहमति नजिक पुगेको बताइएको छ । वामदेव गौतमले समाजवादीमा तेस्रो वरीयता पाउने भएका छन् । समाजवादीको केन्द्रीय कार्यालय बानेश्वरको आलोकनगरमा भएको दुई दलीय छलफल गौतम पार्टीमा आउने गरी समझदारी भएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।
नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय एकता अभियानका नेताहरूबीच पार्टी एकताका सन्दर्भमा छलफल भएको छ। अभियानका तर्फबाट एकतामा समाहित हुने नेताहरूको जिम्मेवारीका सन्दर्भमा छलफल भएको हो ।
गौतमका अनुसार छलफल सहमतिनजिक पुगेको छ। आज भएका छलफल र जुटेका सहमतिका बारेमा आफूले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको बैठक बोलाइने र त्यसबाट अनुमोदन गरेपछि बाँकी काम सम्पन्न गर्ने उनले बताए ।
नेता गौतम नेकपा एसमा समाहित हुने विषयमा विगतदेखि नै विभिन्न प्रयासहरू हुँदै आएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here