रौतहट ।। नगरक्षेत्रलाई धुवा मुक्त क्षेत्र बनाउने उदेश्यले पालिकाका प्रत्येक घर परिवारलाई ग्यास सिलिन्डर चुल्हो सेट सहित वितरण गरिएको परोहा नगरपालिका नगर प्रमुख शेष वकीलले बताउनु भएको छ ।
बढदो अधुनिकरण तथा स्वास्थ्य समस्यालाई कम गर्ने तथा महिलाहरुको मनोवल उच्च गर्ने उदेश्यका साथ सिलिन्डर चुल्हो सेट वितरण गरिएको मेयर वकीलले भन्दै, यसले पालिकालाई वतावरण मैत्री बनाउनमा सहयोग हुने बताए ।
परोहा नरपालिकाको करिव ८ हजार घर परिवारलाई उक्त ग्यास सिलिन्डर चुल्हो सेट वितरण गरिने छ । गत निर्वाचनमा हामीले प्रत्येक घरपरिवालाई ग्यास सिलिन्ड तथा चुल्हो वितरण गरिने वाचा अनुसार नै वितरण गरिएको मेयर वकीलले बताए ।
परम्परागत तरिकाले दाउराले खाना पकाउँदा गृहिणीको स्वास्थमा प्रतिकुल असर पर्ने र समय समेत खेर जाने भएको ठहर सहित पालिकालाई धुवाँमुक्त बनाउने मेयर शेष वकीलले घोषणा गरेका थिए ।
वितरण कार्यक्रममा उप मेयर सुगान्धी गिरि प्रमुख प्रशासकीय अधिकृत मो. महफुज अहमद, ईन्जीनियर दिपेन्द्र यादव, वडा अध्यक्षहरु, कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
Home प्रदेश समाचार मधेश प्रदेश महिलाहरुको मनोवल उच्च गर्ने उदेश्यका साथ सिलिन्डर चुल्हो सेट वितरण गरिएकाे :-...
महिलाहरुको मनोवल उच्च गर्ने उदेश्यका साथ सिलिन्डर चुल्हो सेट वितरण गरिएकाे :- मेयर वकील
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।