सर्लाही ।। सर्लाही सदरमुकाम मलंगवामा श्रीकृष्ण जन्माष्टमीको मुर्ती सेलाउने क्रममा दुई समुदाय बिचको विवाद उग्र रुप लिई झड्प नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले लगाएको कर्फ्यू हटाएको छ । जिल्ला प्रशासन कार्याय सर्लाहीले सूचना जारी गर्दै आज बिहान ८ बजेदेखि कर्फ्यू हटाएको जनाएको छ ।
कृष्णष्टमीको मुर्ति सेलाउने क्रममा शुक्रबार साँझ हिन्दु र मुस्लिम समुदायबिच झडप भएर तनाब बढेपछि प्रशासनले शनिबार साँझ ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि मलंगवा बजार क्षेत्रमा कर्फ्यू लगाएको थियो ।
शान्ति सुरक्षाको अवस्था सामान्य रहेकोले आज बिहान ८ बजेदेखि कर्फ्यू हटाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रवेद यादवले जानकारी दिए । यधपी सम्भावित सद्भाव खलल पुर्याउने घटनालाई मध्यनजर गर्दै मलंगवा नगर क्षेत्रमा भदौ २७ गते राति १२ बजेसम्मका लागि भेला, नाराजुलुस लगाउने जस्ता गतिविधि हुन नदिने निषेधज्ञा जारी गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here