सांकेतिक तस्विर

विराटनगर ।। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा सरकार गठनसम्बन्धी उल्लेखित विषय नै  विभिन्न विकल्प राख्नु नै त्रुटिपूर्ण भएको टिप्पणी गरेका छन् । सरकार गठनसम्बन्धी व्यवस्था संविधानमै त्रुटिपूर्ण रहेकोले कोशी प्रदेशमा समस्या सिर्जना भएको बताए।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले कोशी प्रदेशमा कुनै पनि दलको बहुमत नआएकाले समस्या बताए । ‘संसदीय व्यवस्थामा दुई तिहाइ नजिक भएका दलहरू पनि धरासायी भए । हाम्रो सिस्टममै दोष छ । संसदीय व्यवस्थाको संरचनामा पुनर्विचार गर्नुपर्छ,’ यादवले भने, ‘संसदीय प्रावधान भनेको बहुमत रहेसम्म सरकार बनाउने र नरहँदा हट्ने प्रावधान राख्नुपर्छ । संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण भएको हो । मन्त्रिमण्डल बन्ने अवस्था विभिन्न स्टेप राख्नुहुँदैन ।’
अध्यक्ष यादवले समाजवादी मोर्चाबाट कोही पनि नडराउनु नपर्ने बताए । उनले कांग्रेसको सल्लाह र सहमतिमै मोर्चा अगाडि बढ्ने समेत बताए । ‘कोही साथीहरू तर्सिनुभएको छ भने मुक्त हुनुपर्छ,’ यादवले भने, ‘ मोर्चा र कांग्रेससँग सहकार्यका साथ अगाडि बढ्छ ।’ यादव मोर्चाको विराटनगरमा हुने सन्देश सभालाई सम्बोधन गर्न आएका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here